बुद्धभूमि नेपाल हाइड्रोपावरले पायाे हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगकाे स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बुद्धभूमि नेपाल हाइड्रोपावरले पायाे हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगकाे स्वीकृति



काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगकाे पूर्व स्वीकृति पाएकाे छ । कम्पनीले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गर्न आयोगकाे स्वीकृति पाएकाे हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद सम्बन्धी प्रस्ताव आगामी साधारण सभा र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि थप प्रकृया अघि बढ्नेछ । यस कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि अनुमति मागेको थियो । तर, आयोगले भने १०० प्रतिशतका लागि अनुमति दिएको छ ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १२:१७