दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । युनाइटेडको दुई लाख ३१ हजार कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यसले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ५.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।

यता, समत घरेलु लघुवित्तको दुई लाख १३ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत गरिएको छ । यस संस्थाले सेयरधनीलाई वितरण गरेको ५.४२ प्रतिशत बोनस सूचीकृत गरिएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार १२:१६