काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको एक लाख ५० हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । यो पटकको लिलामी अन्य, व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।
सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी – ०४, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नागपोखरी नक्सालमा ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्ने छ ।
संस्थापक सेयरधनीबाट आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने लघुवित्तले जनाएको छ ।
Comment