सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ ।

कम्पनीको शुक्रबार २ लाख ५६ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएका कम्पनी हो यी २ कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका थिए ।

सूचीकृतपश्चात अब कम्पनीको सेयर आगामी आइतबारदेखि कारोबारमा आउनेछ। कम्पनीको स्टक सिम्बोल भने एसएलबिएसएल कायम भएको छ । कम्पनीको सेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता ८८३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार १५:५३