सेयर बजारमा झिनो सुधार, लघुवित्तमा लगानीकर्ता आर्कर्षित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा झिनो सुधार, लघुवित्तमा लगानीकर्ता आर्कर्षित



काठमाडौं । बिहीबार नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ । आज बजार ०.७९ अंक बढेर २०१८.७६ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन तीन अर्ब ७० करोडको सेयर कारोबार भएको बजारमा आज ३१५ कम्पनीको ८२ लाख ८२ हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा आज अधिकांश समूहको उपसूचक राताम्मे बनेको छ । आज बैंकिङ समूहको २.३२, विकास बैंक ४४.४८, वित्त ३१.१६, होटल ४२.३६, जलविद्युत १०.९६, निर्जीबन बिमा ९१.९२, जीवन बिमा ४४.६८, उत्पादन तथा प्रशोधन २८.३६ अंक घटेको छ । त्यस्तै आज अन्यको ३.५५ र माइक्रोफाइनान्स १६६.३३ अंक बढेको छ ।

त्यसैगरी आज हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने माण्डु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ४३ करोड ९० लाख ५७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, आज पोखरा फाइनान्सको ११ करोड ८७ लाख १८ हजार रुपैंया बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहीबार १५:३१