भूमिगत बिजुलीको परीक्षण गर्दै प्राधिकरण, ६ महिनाभित्र पोलमा रहेका तार हटाउन निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भूमिगत बिजुलीको परीक्षण गर्दै प्राधिकरण, ६ महिनाभित्र पोलमा रहेका तार हटाउन निर्देशन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गरी काठमाडौंका विभिन्न ठाउँका जडान गरेका भूमिगत विद्युत प्रणाली केही दिनमा परीक्षण गरेर सञ्चालनमा ल्याउने लागेकाले पोलमा रहेका केबल, आप्टिकल फाइबर, सीसीटीभी क्यामेरा र सडक बत्तीलगायतका संरचना हटाउन भनेको हो ।

६ महिनाभित्र नहटाए पछि हुने क्षतिप्रति आफू जिम्मेवार नहुने पनि प्राधिकरणले बताएको छ ।

प्राधिकरणले पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेकाले परीक्षणको तयारी थालेको जनाएको छ ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहीबार १४:२२