ठमेल प्लाजा होटलले आइपीओ जारी गर्ने, डाक्याे विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ठमेल प्लाजा होटलले आइपीओ जारी गर्ने, डाक्याे विशेष साधारण सभा



काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आगामी जेठ १९ गते विशेष साधारण सभा डाकेको छ । सभा कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहीबार १२:२४