सेयर बजारमा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार



काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज बजार २.०६ अंक बढेर १९६०.८१ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।

त्यसैगरी, आज नेप्सेमा सामान्य बृद्धि देखिएपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन दुई अर्ब ८९ करोडको सेयर किनबेच भएको बजारमा आज ३१४ कम्पनीको ५० लाख ६४ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज उपकार लघुवित्त र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज आठ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार १५:३६