सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने



काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सक्षम बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका हुन ।

उनले बालबालिकामाथिको दुव्र्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, छुवाछुत, दाईजो, छाउपडी, तिलक जस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने बताए । बोक्सी, दाईजो प्रथालगायतक कूऋति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलले भने, ‘महिलालाई आर्थिक रुपमा सक्षम, सवल र सक्षम बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ । बालबालिकामाथिको दुव्र्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, छुवाछुत, दाईजो, छाउपडी, तिलक जस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिनेछ । सामाजिक कुऋतिको रुपमा रहेको बोक्सीलगायतका प्रथा अन्त्य गरिनेछ ।’

राष्ट्रपति पौडेलले महिलाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि पनि सामाजिक जागरण अभियानलाई निरन्तरता दिने बताए ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १७:५१