घरजग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानून संशोधन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

घरजग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानून संशोधन गरिने



काठमाडौं । सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्न र मूल्यांकन प्रणाली व्यवस्थित बनाउन आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले भने, मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गरिने बताएका छन् । ‘आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिनेछ ।’

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १७:१९