सरकारले पूँजीबजारलाई प्राथमिकतामा राख्ने, यसअघिका सुझावलाई कार्यान्वयन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सरकारले पूँजीबजारलाई प्राथमिकतामा राख्ने, यसअघिका सुझावलाई कार्यान्वयन गर्ने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूँजीबजारलाई प्राथमिकतामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेले संयुक्त सदनलाई सम्बोधन गर्दै पूँजीबजारलाई पनि प्राथमिकतामा राखिने बताए।

उनले पूँजीबजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने सरकारले नीति लिएको पनि बतए ।

नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने पौडेलले बताए।

‘बैंक तथा वित्तीय संस्था, लघुवित्त र पूँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ’, उनले भने।

‘छरिएर रहेका साना पूँजीलाई एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग–कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ’, उनले भने।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १६:३३