विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने



काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने भएको छ । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने बताए ।

यसका निम्ति अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग अन्तरआबद्धता कायम गरिने उनले बताए । उनले भने, “विद्युतीय प्रणालीबाट सुरक्षित रूपमा वैदेशिक मुद्रामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ ।”

यस्तै आन्तरिक स्रोतको परिचालन दिगो बनाइने, राजस्व बढाउने, करदाताको व्यावसायिक लागत घटाउने गरी कर नीति लिइने लगायतका नीति सरकारको छ ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १५:४८