सेयर बजारमा दाेहाेराे अंककाे सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दाेहाेराे अंककाे सुधार



काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा राेकिएकाे हाे ।

आज चार अर्ब आठ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आज बैंकिङ २, विकास बैंक ५९, फाइनान्स ६, होटल तथा पर्यटन ४८, हाइड्रोपावर ७६, जीवन बीमा १४१, उत्पादन १६, माइक्रोफाइनान्स १४६, निर्जीवन बीमा १९०, अन्य १७ र व्यापार समूह ०.८४ अंक बढेको छ ।

त्यस्तै काराेबारमा समाज लघुवित्त, उपकार लघुवित्त र युनिक नेपाल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र मानुषी लघुवित्त वित्तिय संस्थाको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यता हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावरको आज अग्रस्थानमा रहेको छ । यस कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने साइन रेशुंगा डेभलपमेन्ट बैंकको ११ करोड र आरएसडीसी लघुवित्तको सात करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १५:३६