कुमारी बैंकको तीन लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुमारी बैंकको तीन लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको तीन लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १२:३३