मिथिला लघुवित्तकाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिथिला लघुवित्तकाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी आवेदन पेश गर्नु पर्नेछ ।

आवेदन पेश गर्दा के कति दर रेटमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन दिनु्पर्नेछ । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। उक्ति समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १२:२४