नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने, कसले कति पाउने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने, कसले कति पाउने ?



काठमाडौं । धितोपत्र बोर्डले सेयर कारोबारमा घटाएको नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने भएको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार मंगलबारदेखी नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।

हेरफेर अनुसार संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.३६ प्रतिशत कायम गरिएको छ।

त्यस्तै, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३१ प्रतिशत र २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत कमिशन लाग्नेछ। १ करोडभन्दा माथी जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत कमशिन लाग्नेछ।

हाल लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिशन तिर्दै आएका छन्। त्यस्तै, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिशन शुल्क तिर्दै आएका छन्।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार ११:५५