मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण



काठमाडौं । मुक्तिनाथ विकास बैंकले धादिङ्ग स्थित बद्री विशाल मा. वि. र स्वर्णिम एकाडेमीमा १८२ विधार्थीहरुलाई चाहिने स्टेशनरी सामानहरु हस्तान्तरण गरेको छ ।

बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोहि क्रममा बैंकले कपि, कलम, पेन्सिल, पेन, आदि हस्तान्तरण गरेको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुमा शिक्षा प्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार ११:४७