धितोपत्र बजार पूँजीकरण ३२ खर्ब माथि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बजार पूँजीकरण ३२ खर्ब माथि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७ प्रतिशत



काठमाडौं। धितोपत्र बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस्तो पूँजीकरण १३.९५ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको यसै अवधिसम्म बजार पूँजीकरण २८ खर्ब १८ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, नेप्से सूचकाङ्क २०८० चैत्र मसान्तमा २०२५.७१ कायम भएको छ । गत वर्ष चैत्र मसान्तमा नेप्से परिसूचक १९३४.४८ रहेको थियो ।

२०८० चैत्र मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ चैत्रमा सूचीकृत कम्पनीहरूको संख्या २४८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको छ । त्यस्तै, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.१ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १४:१७