कालिन्चोक दर्शनकाे नाफा दुई कराेड ४७ लाख, प्रतिसेयर नेटवर्थ कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कालिन्चोक दर्शनकाे नाफा दुई कराेड ४७ लाख, प्रतिसेयर नेटवर्थ कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शन लिमिटेडको खुद नाफा दुई कराेड ४७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले दुई करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे ।

पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफामा सुधार भएको कम्पनीले जनाएको छ । यस अवधिमा सञ्चालन आम्दानी छ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा तीन करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले दुई करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

यसको प्रतिसेयर आम्दानी पनि बढेर चार रुपैयाँ २० पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी तीन रुपैयाँ ८६ पैसा रहेको थियो । कालिन्चोकको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ०२ पैसा छ ।

प्रकाशित : ३० बैशाख २०८१, आईतवार १३:२५