नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो रायसुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो रायसुझाव



काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरूबाट रायरसुझाव माग गरेको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार का लागि आवश्यक बजार पूर्वाधारको व्यवस्था, बजार तथा नियमनको पहुँच अभिबृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्री बजारको स्तरोन्नति, बजार विकास तथा विस्तारका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन् ।

जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना [email protected] मा पठाउन सकिने छ । धितोपत्र बोर्ड नेपालको समग्र धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियामक संस्था हो ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार १५:१२