नागरिक लगानी कोषको नाफा ८८ करोड २४ लाख, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

नागरिक लगानी कोषको नाफा ८८ करोड २४ लाख, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १३.४३ प्रतिशत धेरै हो।

गत वर्ष यसले ७७ करोड ७९ लाख खुद नाफा आर्जन गरेको थियो । ३० करोड ५० लाख रहेको ब्याजबाट हुने आम्दानी बढेर ३५ करोड ३२ लाख पुगेको छ । त्यसैगरी, कमिसनबाट हुने आम्दानी एक अर्ब चार करोड पुगेको छ । पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ जम्मा छ ।

चैतसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २२.१४ रुपैयाँ छ । यता, प्रतिसेयर नेटवर्थ भने १७१.४१ रुपैयाँ छ ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार १०:३७