सेयर बजारमा सामान्य सुधार, काराेबार रकममा पनि वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार, काराेबार रकममा पनि वृद्धि



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज बजार ५.६३ अंकले बढेर परिसूचक १९६६.२३ बिन्दुमा रोकिएको हो । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स १.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आज अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको ४.७५, विकास बैंक ३२.१०, वित्त १४.३१, होटल ३४२.८७, जलविद्युत ४.९३, निर्जीबन बिमा १६.०३, अन्य ०.२९, ट्रेडिङ समूहको उपसूचक २.११ अंकले बढेको छ । कारोबारमा जीवन बिमा ४३.५७, माइक्रोफाइनान्स ३८.९५, उत्पादन तथा प्रशोधन ७.८३ अंकले घटेको छ ।

त्यस्तै, आज ओरियन्टल होटलको सयरमूल्य सर्वाधिक बढेको छ भने अघिल्लो दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको कुमारी सबल योजनाको इकाईमूल्य आन सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आन १६ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार १५:३६