व्यापार घाटा ८ खर्ब रुपैयाँ नाघ्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

व्यापार घाटा ८ खर्ब रुपैयाँ नाघ्ने



काठमाडौं,११ चैत । तीव्र रूपमा आयात बढेसँगै यो वर्ष कुल व्यापार घाटा ८ खर्ब रुपैयाँ नाघ्ने देखिएको छ । खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ७ महिनाको तथ्यांकका आधारमा वार्षिक व्यापारघाटा ८ खर्ब नाघ्ने आकलन गरिएको हो । अनुमानअनुसारै व्यापार घाटा बढे त्यो हालसम्मकै सबैभन्दा बढी हुनेछ ।

सात महिनामै व्यापार घाटा सवा ५ खर्ब रुपैयाँ पुगेको छ । यसअनुसार मासिक घाटा करिब ७१ अर्ब रुपैयाँ छ । यही रफ्तारमा व्यापार भइरहे सहजै ८ खर्ब नाघ्ने विज्ञहरूको भनाइ छ ।

गत आर्थिक वर्ष नेपालको कुल व्यापार घाटा ७ खर्ब ३ अर्ब ४८ करोड रुपैयाँ थियो । ‘रेमिट्यान्स आप्रवाह पनि बढिरहेकै छ, विदेशी सहायता पनि आइरहकै छ । यसले मुलुकभित्र माग कम हुने देखिँदैन,’ अर्थविध पोषराज पाण्डेले भने, ‘देशभित्र उत्पादन नभएपछि आयात घट्दैन र त्यसले घाटा पनि बढाइरहन्छ ।’

पुनर्निर्माणले गति लिने र सरकारले पुँजीगत खर्च पनि बढाउने हो भने घाटा ९ खर्बसम्म पुग्ने आकलन अर्थविधहरूको छ । हालसम्म २२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। पुनर्निर्माणको दोस्रो किस्ता वितरण बढ्न गयो भने यसले पनि माग बढाउनेछ ।

प्रकाशित : ११ चैत्र २०७३, शुक्रबार ०५:३७