तारागाउँ होटल्सकाे नाफा ३९.५४ प्रतिशत बढ्याे, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

तारागाउँ होटल्सकाे नाफा ३९.५४ प्रतिशत बढ्याे, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । तारागाउँ होटल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिसम्म कम्पनीले ३३ करोड ३२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९.५४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २३ करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको कुल आम्दानी १२ प्रतिशतभन्दा बढी भएकोले खुद नाफा बढेको देखिन्छ । गत वर्ष एक अर्ब एक करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष एक अर्ब १३ करोड रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । ४ प्रतिशत बोनस सेयरमार्फत पूँजी बृद्धि गरी एक अर्ब ९६ करोड २१ लाख २० हजार रूपैयाँ कायम गरेको कम्पनीको जगेडा कोष रकम पनि करिब ४२ प्रतिशत बढेर ७२ करोड ९७ लाख रूपैयाँभन्दा बढी भएको छ ।

कम्पनीको कुल दायित्व रकम एक अर्ब ३९ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको कुल सम्पत्ति भने चार अर्ब आठ करोड रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष यस अवधिसम्म १२ रूपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस वर्ष १६ रूपैयाँ ९९ पैसा कायम भएको हो ।

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार १२:०८