साल्ट ट्रेडिङ कर्पोरेसनकाे नाफा ४० प्रतिशतले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

साल्ट ट्रेडिङ कर्पोरेसनकाे नाफा ४० प्रतिशतले बढ्याे



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नाफा तेस्रो त्रैमाससम्ममा बढेको छ । कम्पनीको यस अवधिसम्ममा खुद नाफा ४० प्रतिशतले बढेर पाँच करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले तीन करोड ७१ लाख नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको आम्दानीमा पनि ६३.७७ प्रतिशत बढेको छ । यसरी आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न टेवा पुगेको हो ।

समिक्षा अवधिमा कम्पनीको आम्दानी नौं अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीको आम्दानी पाँच अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । यस्तै, कम्पनीको अन्य आम्दानी दुई करोड ७३ लाख कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड सात लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने एक अर्ब ३९ करोड रुपैयाँ राखेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९इपिएस० २१ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ भने २८९ रुपैयाँ ५५ पैसा रहेको छ

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार ११:५९