तेस्रो त्रैमासमा हाथवे इन्भेष्टमेन्ट नेपालले कमायाे साढे सात करोड नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

तेस्रो त्रैमासमा हाथवे इन्भेष्टमेन्ट नेपालले कमायाे साढे सात करोड नाफा



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार चैतसम्म कम्पनीले सात करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस अवधिमा कम्पनी एक करोड २२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी १०४.६४ प्रतिशतले बढेर २३ करोड ३९ रुपैयाँ पुग्दा नाफामा वृद्धि हुन पुगेको छ । यस्तै, कम्पनीको कुल आम्दानी पनि ८९.२० प्रतिशतले बढेर २३ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी एक अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३६ करोड ३२ लाख रुपैयाँ जम्मा रहेको छ । हाथवेको प्रतिसेयर आम्दानी बढेर तीन रुपैयाँ ८९ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८० पैसा ९वार्षिक० ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा छ ।

प्रकाशित : २७ बैशाख २०८१, बिहीबार ११:३१