नेप्सेले गर्‍याे सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार स्थगन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेले गर्‍याे सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार स्थगन



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्थगन गरेको छ । कम्पनीले हिजो सोमबार नियामक नेपाल बीमा प्राधिकरणलाई जानकारी नगराई चालु आर्थिक वर्ष २०८०/८१ को लागि अन्तरिम लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेपछि नेप्सेले कम्पनीको धितोपत्रको कारोबार मंगलबारका लागि स्थगन गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको धितोपत्र कारोबार स्थगन गर्दै थप कारवाहीका लागि पुँजी बजारको नियामक निकायलाई पत्राचार गरिएको छ । अब बोर्डबाट आउने जवाफ अनुसार कम्पनी उपर कारवाहीको प्रकृया अगाडि बढाउने नेप्सेले जानकारी दिएको छ ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलवार १४:२५