सुनको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख ३६ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख ३५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुन एक लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको एक लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १६ सय ६० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलवार १२:२२