जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिसन लागु गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिसन लागु गरिने



काठमाडाैं । ब्रोकर कमिसन घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आगामी जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिसन लागु गर्ने निर्णय गरेको छ। धितोपत्र बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले २०८१ जेठ १ गतेदेखि साविकको ब्रोकर कमिशनमा १० प्रतिशत घटाएर नयाँ ब्रोकर कमिशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

यस अघि अर्थ मन्त्रालयले हाल कायम रहेको ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको थियो । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिसन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार १५:५३