सेयर बजारमा १५.६२ अंककाे गिरावट, दुई कम्पनीकाे सेयरमा नकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजारमा १५.६२ अंककाे गिरावट, दुई कम्पनीकाे सेयरमा नकारात्मक सर्किट



काठमाडौं । सेयर बजार सोमबार ओरालो लागेको छ । आज बजार १५.६२ अंकले घटेर परिसूचक १९५८.७५ बिन्दु झरेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक घटेको छ।

आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आज विकास बैंक समूहको ९.३३ अंकले बढेको छ भने अन्य प्राय सबै समूहको उपसूचक घटेको छ । यस्तै बैंकिङ समूहको ६.४९, वित्त ४२.१४, होटल १०.६५, जलविद्युत १०.६५, जीवन बिमा ४६.०५, उत्पादन तथा प्रशोधन १७.९६, माइक्रोफाइनान्स ७५.६९, निर्जीबन बिमा ११२.६०, ट्रेडिङ समूहको २१.४९ र अन्य समूहको उपसूचक २७.२२ अंकले घटेको छ ।

कारोबारमा बोटलर्स नेपाल ९तराई०, माउन्टेन हाईड्रो नेपाल कम्पनीका लगानीकर्ताले कमाएका छन् । पोखरा फाइनान्स, दोल्ती पावर कम्पनीका सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस इन्स्योरेन्सको आज ३१ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार १५:४३