नेप्से परिसूचक ७.३१ अंकले घट्याे, काराेबार रकममा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ७.३१ अंकले घट्याे, काराेबार रकममा पनि गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार ७.३१ अंक घटेर १९९८.९६ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन चार अर्ब ८० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८कम्पनीको चार अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको ९४ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस इन्स्योरेन्सको आज २८ करोड ७७ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २० बैशाख २०८१, बिहीबार १५:३९