नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, के-के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, के-के छन् एजेण्डा ?



काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा डाकेको छ। इन्स्योरेन्सले जेठ ४ गते, शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साधारण सभा डाकेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अगाडी सारेको छ। अर्थात १० कित्ता सेयर हुनेले चार नयाँ थप कित्ता सेयर पाउने गरि हकप्रद सेयर जारी हुनेछ।

त्यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताब रहेको छ। यो बाहेक संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि रहेको छ।

कम्पनीले यस विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख २७ गते एक दिनका लागि बुकक्लोज तय गरेको छ । जसअनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा भाग लिन पाउनेछन।

प्रकाशित : १९ बैशाख २०८१, बुधबार १०:५०