नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने



काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् ।

सुपर खुदीको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ताबराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ ।

सम्झौता कार्यक्रममा कोषका का।मु।नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ ।

प्रकाशित : १८ बैशाख २०८१, मंगलवार १७:१२