सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से सूचक दुई हजार बिन्दुमाथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से सूचक दुई हजार बिन्दुमाथि



काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक २५.९३ अंक बढेर २००६.२८ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१८ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। आज ३२० कम्पनीको एक करोड १८ लाख ३८ हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब ८० करोड ४४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा अधिकांश कम्पनीको सेयर मुल्य बढेको छ । आज बैंकिङ ११.४२, विकास बैंक १९६.३०, जलविद्युत ३८.७९, होटल तथा पर्यटन १२५.२०, जीबन बीमा ९६.४२, निर्जीबन २४५.३२, माइक्रोफाइनान्स ५६.११, उत्पादन तथा प्रशोधन २३.७५ अंक बढेको छ । साथै, वित्त समूहको उपसूचक भने २६.३० अंकले घटेको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने पोखरा फाइनान्सको सेयरमूल्य आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। यस बैंकको आज १८ करोड २४ लाख २८ हजार भन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : 30 April, 2024 3:29 pm