सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले ५ लाख ९० हजार १८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

जसमा लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघ सस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन्।

यसमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम दुई हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा जेठ ३ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित : १७ बैशाख २०८१, सोमबार १५:१६