कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा



काठमाडौ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता सेयर विक्रिमा राखेकाे हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार १२:०४