३४ ठेकेदार कम्पनी कालोसूचीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

३४ ठेकेदार कम्पनी कालोसूचीमा



काठमाडौं । सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने ३४ ठेकेदार कम्पनीलाई एकैपटक कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ३४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

जसमा एक निर्माण कम्पनीलाई दुई वर्ष छ महिना, १२ निर्माण कम्पनीलाई दुई वर्ष, आठ वटा निर्माण कम्पनीलाई डेढ वर्ष, एक निर्माण कम्पनीलाई एक वर्ष तीन महिना र अन्य १२ निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।

प्रकाशित : ११ बैशाख २०८१, मंगलवार ११:५४