सीइडीबी हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सीइडीबी हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा आह्वान



काठमाडौं । सीइडीबी हाइड्रोपावरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

त्यस्तै, कम्पनीले लाभांश पारित गर्न वैशाख ३१ गते वार्षिक साधारण सभा पनि बोलाएको छ। सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजेदेखि गरिने जनाएको छ ।

उक्त सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गर्नेछ । यसर्थ, वैशाख १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ११ बैशाख २०८१, मंगलवार १०:४७