सेयर बजारमा १५.४१ अंककाे गिरावट, दुई अर्ब पाँच करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा १५.४१ अंककाे गिरावट, दुई अर्ब पाँच करोडकाे काराेबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ । अघिल्लो कारोबार दिन आइतबार १२‍.२९ अंकले बढेर १९८४‍.४३ बिन्दु कायम भएको नेप्से परिसूचक आज १५.४१ अंक घटेर १९६९.०२ विन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.८० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार दुइ अर्ब २५ करोड भन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३२० कम्पनीको ५६ लाख ५६ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब पाँच करोड ८३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा अधिकांश कम्पनीको सेयर मुल्य घटेको छ । आज बैंकिङ ६.५२, विकास बैंक ३७.३८, वित्त ४१.८०, जलविद्युत २२.१८, होटल १७.०४, जीबन बीमा ७९.९८, माइक्रोफाइनान्स ३८.७१, निर्जीबन ५६.२१ र उत्पादन तथा प्रशोधन ७९.४२ अंकले घटेको छ।

नेप्सेमा आज पिपुल्स पावरको सेयर उच्च अंकले बढेको छ भने एनआइसी एसिया लघुवित्त वित्तिय संस्था र दोल्ती पावर कम्पनीको सेयर सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ११ करोड ५४ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार १५:१५