अरुण भ्याली हाइड्रोपावरको झण्डै २० लाख कित्ता सेयर बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अरुण भ्याली हाइड्रोपावरको झण्डै २० लाख कित्ता सेयर बिक्री खुला



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले वैशाख १० गते देखि हकप्रदमा अवितरित सेयर लिलाममा ल्याएको छ । कम्पनीले हकप्रदमा अवितरित १९ लाख ९२ हजार एक सय ३४ कित्ता सेयर लिलाममा ल्याएको हो ।

यस लिलामीको सेयरमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ। सेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यस लिलामीको सेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। पाँच लाख भन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नु पर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले यी सेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्नेछ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार ११:५५