एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडाै‌ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज आइतबार २४ लाख कित्ता बढी बोनस सेयर सूचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको हो ।

आज एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार तीन सय ५७.९ कित्ता बोनस सेयर सूचिकृत भएको हो । सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : ९ बैशाख २०८१, आईतवार १६:३१