सेयर बजारमा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार



काठमाडौं । केहि समयदेखी निरन्तर घटेको बजारमा साताकाे पहिलाे काराेबार दिन आइतबार बजारमा सामान्य सुधार आएको छ । आज बजार मापन गर्ने सूचक १२‍.२९ अंकले बढेर परिसूचक १९८४‍.४३ बिन्दु कायम भएको छ ।

बजारमा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर दुइ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूह बाहेक सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको ३‍.५६ अंकले घटेको छ । यस्तै विकास बैंक ४१.६७, वित्त ९.९९, होटल १५.६२, जलविद्युत २७.९१, जीवन बिमा ४१.२१, उत्पादन तथा प्रशोधन १२३.०४, माइक्रोफाइनान्स ३१.७६, निर्जीबन बिमा ९६.६३, अन्य समूहको उपसूचक १५.६६ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज १० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सर्वोत्तम सिमेन्टको करिब नौं करोडको सेयर किनबेच भएको छ ।

प्रकाशित : ९ बैशाख २०८१, आईतवार १६:०३