उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा चयन



काठमाडौं । नेकपा एमालेको भातृसंगठन नेपाल उद्योग तथा व्यवव्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव रहेका थिए ।

नयाँ कार्यसमितिको महासचिवमा बालकृष्ण सिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन् । सिवाकोटी मेगा बैंकका पूर्व संचालक एवम् कालिन्चोक केवलकारका अध्यक्ष हुन भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रवन्धक हुन्।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार १७:३६