हुलास इन्फ्राले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित बाेलायाे विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हुलास इन्फ्राले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित बाेलायाे विशेष साधारण सभा



काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित आगामी वैशाख २२ गतेका लागि विशेष सभा आह्वान गरेकाे हो ।

उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि छुट्टाइएकाे सेयरमध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानूनमा तोकिए तोकिए बमोजिमको प्रतिशतले हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहलाई सेयर निष्कासन तथा बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार १३:२३