सेयर बजार घट्ने क्रम जारी, सबै समूहकाे उपसूचक राताम्मे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार घट्ने क्रम जारी, सबै समूहकाे उपसूचक राताम्मे



काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार नेप्से परिसूचक १९.५६ अंक घटेर १९७२.१४ विन्दुमा रोकिएको छ। अघिल्लो कारोबार दिन मंगलबार बजार १४.८१ अंकले घटेर परिसूचक १९९१.७१ बिन्दुमा रोकिएको थियो ।

त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.०४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत मंगलबार दुई अर्ब १० करोड भन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३१५ कम्पनीको ५३ लाख ४४ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब नौं करोड ३६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा अधिकांश कम्पनीको सेयर मुल्य घटेको छ । आज बैंकिङ ५.०७, विकास बैंक ५७.२२, वित्त १६.९६, जलविद्युत २८.२५, जीबन बीमा ५१.९९, माइक्रोफाइनान्स ६९.२०, निर्जीबन ९०.०४, होटल ५२.३५ र उत्पादन तथा प्रशोधन १०१.६४ अंकले घटेको छ ।

नेप्सेमा आज खानिखोला हाइड्रोपावरको सेयर उच्च अंकले बढेको छ भने रुरु जलविद्युत परियोजनाको सेयर करिब नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, गोर्खाज फाइनान्सको पनि सेयर उच्च अंकले घटेको छ ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १७ करोड ८२ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ६ बैशाख २०८१, बिहीबार १५:२१