काठमाडौं । दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ । आज सुर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज वैशाख ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सुर्यज्योति लाइफ इन्स्योरेन्सले वैशाख २१ गते शुक्रबार विराटनगरमा सभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै प्रभु इन्स्योरेन्सले वैशाख २० गते आफ्नै केन्द्रीय कार्यालयमा साधारण सभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
Comment