सेयर बजार राताम्मे, दुई अर्ब १० करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार राताम्मे, दुई अर्ब १० करोडकाे काराेबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १४.८१ अंकले घटेर परिसूचक १९९१.७१ बिन्दु कायम भएको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।

आज बजारमा ३१२ कम्पनीको ५४ लाख ७१ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब १० करोड ३० लाख १९ हजार ६४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बजारमा बैंकिङ समूहको ४.३९, विकास बैंक ५०।१७.७८, वित्त ९.७७, होटल १४.३३, जलविद्युत ३२.४१, जीवन बिमा १३०।१५५.११, माइक्रोफाइनान्स ४७.४८, उत्पादन तथा प्रशोधन ३८.५१, निर्जीबन बिमा ७८.२० अंकले घटेको छ ।

कारोबारमा सिद्धर्तः बैंकको ऋणपत्र र गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । रुरु हाइड्रोपावरको सेयरमूल्य नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको सात करोड ४३ लाख र पोखरा फाइनान्सको छ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित : 16 April, 2024 3:46 pm