प्रभु केबुलकारले प्रिमियममा आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु केबुलकारले प्रिमियममा आईपीओ निष्कासन गर्ने



काठमाडौं । प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन मागेको छ ।

योग्य संस्थाले बिक्री प्रबन्धकको रूपमा कार्य गर्न निवेदन दिएपछि प्रतिस्पर्धाबाट छनोट हुनेछ । बिक्री प्रवन्धकले आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउने छ भने बिक्री प्रबन्धकले नै कम्पनीको प्रिमियम मूल्य प्रस्ताव गर्ने छ ।

कम्पनीले तीन वटा केबुलकार परियोजना अघि बढाएको छ । जसमध्ये रुपन्देहीमा सिद्धार्थ केबुलकार परियोजना सम्पन्न हुने चरणमा छ । रुपन्देही मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पा नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केबुलकार निर्माण अन्तिम चरणमा छ ।अरू दुई परियोजना भने प्रारम्भिक चरणमै छ । रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै आयोजनामा प्रारम्भिक कार्य भइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार १२:५१