धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा अर्थ मन्त्रालयका प्रतिनिधिले जिम्मेवारी सम्हाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा अर्थ मन्त्रालयका प्रतिनिधिले जिम्मेवारी सम्हाल्ने



काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा अर्थ मन्त्रालयकोे प्रतिनिधिले अध्यक्षको हैसियतमा काम गर्न पाउने कानुनी व्यवस्था भएको छ । सम्पति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनमा गरिएको नयाँ प्रावधानले अब बोर्ड अध्यक्षविहीन नहुने भएको हो ।

ऐनको दफा (७) को उपदफा (७) पछि उपदफा ८ थपिएको छ। जसमा अन्यत्र जे सुकै कुरा लेखिएको भए पनि अध्यक्षको पद रिक्त भएमा उपदफा (७) बमोजिम नेपाल सरकारले निजलाई हटाएमा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिधिनित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्नेछ, भन्ने उल्लेख गरिएको छ ।

यो नयाँ कानूनी व्यवस्थासँगै र अहिले बोर्डको अध्यक्ष पद रिक्त रहेको अवस्थामा अब स्वतः धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी रितेश कुमार शाक्यले पाउने भएका छन् । रमेश कुमार हमालको कार्यकाल गत पुस २० गते सकिएसँगै बोर्ड यतिबेला अध्यक्षविहन अवस्थामा छ । अब नयाँ अध्यक्ष नियुक्त नहुँदासम्म रितेश शाक्यले नै बोर्डको अध्यक्षको जिम्मेवारी पुरा गर्नेछन् ।

यसअघि बोर्ड अध्यक्षविहिन बन्दा धितोपत्र बोर्डभित्रकै वरिष्ठ अधिकारीले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार १२:०९