डिश मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डिश मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर नियुक्त



काठमाडौं । डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । विगत २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उनले डिश मिडिया नेटवर्कमा आज (सोमबार)देखि कार्यभार सम्हालेका छन् ।

यसअघि मशरेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतमा उच्च व्यवस्थापनमा रहेर सफल भूमिका निर्वाह गरिसकेका मानन्धरले डिश मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई सुदृढ बनाउँदै कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवाहरुलाई थप गुणस्तरीय वनाउने आशा कम्पनीले लिएको छ ।

विगत १३ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएकोमा कम्पनीले तीन वर्षअघि मात्रै नेपाल दुरसञ्चार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति प्राप्त गरी हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।

हाल डिश मिडियाले आफ्नो पूर्वाधार विस्तारका लागि प्राइभेट इक्विटि फण्डबाट थप लगानी जुटाइसकेको र अन्तिम प्रक्रियामा रहेको जनाउँदै केही महिनामै कम्पनीले आईपीओ निष्काशन गर्न अन्तिम तयारी समेत गरिरहेको जनाएको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार १७:०५